२२ असोज २०८३ English
English

सुदूरपश्चिममा फेरि आएन बजेट, कांग्रेसको आपत्ति; प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
सुदूरपश्चिममा फेरि आएन बजेट, कांग्रेसको आपत्ति; प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित
तस्बिर: राजधानी

आर्थिक वर्ष सुरु भएको झन्डै तीन महिना हुन लाग्दा पनि सुदूरपश्चिम प्रदेशमा बजेट आएको छैन। बुधबार साँझ ५ बजे बजेट पेस गर्न प्रदेशसभाको बैठक बोलाइएको थियो। तर बैठक बस्दै नबसी असोज २४ गतेसम्मका लागि स्थगित भयो।

प्रदेशसभाको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलले यसमा आपत्ति जनाएको छ। सरकार बनेको ५५ दिनसम्म पनि बजेट ल्याउन नसकेको भन्दै उसले आपत्ति जनाएको हो।

कांग्रेसले सर्वोच्च अदालतको स्पष्ट आदेश नआएसम्म चालु आर्थिक वर्षको बजेट नल्याउन सरकारसँग माग गरेको छ। प्रदेश सरकारले अध्यादेशमार्फत बजेट ल्याउन खोजेको आरोप पनि कांग्रेसले लगाएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २२ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 22 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार