२ कात्तिक २०८३ English
English

तिथि वृद्धिका कारण आज पनि महाअष्टमी, हनुमानढोकामा कालरात्रि पूजा आज राति

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
तिथि वृद्धिका कारण आज पनि महाअष्टमी, हनुमानढोकामा कालरात्रि पूजा आज राति
तस्बिर: थाहाखबर

यस वर्षको नवरात्रमा तिथि वृद्धि भई अष्टमी दुई दिन परेकाले आज कात्तिक २ गते सोमबार पनि महाअष्टमीकै कर्म गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। नवरात्रको नवौँ दिन भए पनि आज महाअष्टमीकै पूजा गरिनेछ।

समितिले स्वीकृति दिएको पात्रोमा कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख गरिएको छ। समितिका अनुसार कात्तिक १ गते गरिएको महाअष्टमीको कर्म आज पनि दसैँ घर वा पूजा कोठामा दोहोर्‍याउनुपर्छ।

काठमाडौँको हनुमानढोकामा गरिने कालरात्रि पूजा आज राति गरिने जनाइएको छ। हनुमानढोकामा गरिने मूल पूजा पनि आज नै गरिँदै छ।

दुई दिनसम्म अष्टमी परेकाले यस वर्ष दुवै दिन महाअष्टमीको विधि पूरा गर्नुपर्ने समितिले जनाएको हो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 2 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार