१२ असोज २०८३ English
English

मेडिकल व्यवसायी दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट फेरि पक्राउ

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
मेडिकल व्यवसायी दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट फेरि पक्राउ
तस्बिर: बिजमाण्डू

मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरो, भोटाहिटीको टोलीले सोमबार बिहान उनलाई भक्तपुरस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की प्रतिनिधिसभा सदस्य रचनाविरुद्ध दिएको अभिव्यक्तिलाई लिएर प्रसाईं पक्राउ परेका हुन्। सांसद रचनाले प्रसाईंविरुद्ध उजुरी दिएकी थिइन्।

सांसदको उजुरीका आधारमा प्रसाईंविरुद्ध शुक्रबार नै पक्राउ पुर्जी जारी भएको थियो।

प्रसाईं यसअघि पनि आफ्ना अभिव्यक्ति र गतिविधिका कारण विभिन्न मुद्दामा पटक–पटक पक्राउ पर्दै अदालती आदेशमा छुट्दै आएका थिए।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १२ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 12 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार