करदाता प्रोत्साहन उपहार कार्यक्रम : बिल विवरण असोज ३१ सम्म बुझाउन सकिने, विजेता कात्तिक १ मा

आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत खरिद बिलको विवरण प्रविष्ट गर्ने अन्तिम मिति असोज ३१ गते तोकेको छ।
विभागले यो कार्यक्रम हरेक पन्ध्र दिनमा सञ्चालन गर्दै आएको छ। असोज १६ गतेदेखि ३१ गतेसम्मको उपहार कुपन कात्तिक १ गते खोलिनेछ र सोही दिन विजेता घोषणा गरिनेछ।
यस अवधिमा खरिद गरेका बिलको विवरण तोकिएको मितिभित्र प्रविष्ट गर्ने करदाता उपहार कार्यक्रममा सहभागी हुन पाउनेछन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


