भोटेकोशी बाढी : रेडक्रस र विदुर नगरपालिकाको सहकार्यमा प्रभावित परिवारलाई तत्काल एक लाख रुपैयाँ

नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रभावित परिवारलाई आर्थिक सहयोगलगायत विभिन्न प्रतिकार्यका कार्यक्रम अघि बढाएको छ।
सोसाइटीले विदुर नगरपालिकासँग सहकार्य गर्दै बाढीपीडितको पुनःस्थापनाका लागि काम अघि बढाएको हो। यसअन्तर्गत प्रभावित परिवारलाई तत्काल एक लाख रुपैयाँ नगद प्रदान गरिँदै छ।
भदौ १० गते आएको भोटेकोशी–त्रिशूली बाढीले बस्ती र भौतिक पूर्वाधारमा ठूलो क्षति पुर्याएको थियो।
यसअघि सरकारले भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ घरधुरीलाई ४५ हजार रुपैयाँका दरले नगद वितरण गरिसकेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


