पश्चिमी वायुको प्रभाव : गण्डकीदेखि सुदूरपश्चिमसम्म केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। अहिले हिमाली र पहाडी भूभागमा आंशिक बदली छ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै ठाउँमा मध्यम वर्षा र हिमपात हुने सम्भावना छ।
यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
पश्चिमी न्यूनचापीय प्रणालीको असरका कारण आज र भोलि हल्का पानी पर्न सक्ने मौसमविद्ले बताएका छन्। उनका अनुसार फूलपातीदेखि भने मौसम फेरि घमाइलो हुनेछ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो