मनसुन देशभरबाट पूर्ण रूपमा बाहिरियो, सामान्यभन्दा १२ दिन ढिलो

यस वर्षको मनसुन आजदेखि मुलुकका सम्पूर्ण भूभागबाट बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार यस्तो जानकारी दिएको हो।
महाशाखाका अनुसार यही असोज १७ गतेदेखि मनसुन बाहिरिन सुरु भएको थियो। करिब ११ दिनको अवधिमा क्रमशः विभिन्न भूभागबाट बाहिरिँदै आएको मनसुन आज देशका सबै भागबाट पूर्ण रूपमा बाहिरिएको हो।
यस वर्षको मनसुन विगतको तुलनामा १२ दिन ढिलोगरी पूर्ण रूपमा बाहिरिएको महाशाखाले जनाएको छ।
मनसुन पूर्ण रूपमा बाहिरिएको घोषणासँगै देशमा मनसुनी वर्षाको यस वर्षको अवधि औपचारिक रूपमा समाप्त भएको छ। यसअघि दसैँको मुखमा परेको अविरल वर्षा र बाढीपहिरोले विभिन्न जिल्लामा क्षति पुर्याएको थियो।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो