२९ असोज २०८३ English
English

कर्णालीका अर्थमन्त्री पछाईको सम्पत्ति विवरण : ३१ ठाउँमा जग्गा, ७० तोला सुनचाँदी

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कर्णालीका अर्थमन्त्री पछाईको सम्पत्ति विवरण : ३१ ठाउँमा जग्गा, ७० तोला सुनचाँदी
तस्बिर: अनलाइनखबर

कर्णाली प्रदेशका अर्थमन्त्री टेकराज पछाईले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। विवरणमा उनको ३१ ठाउँमा जग्गा रहेको उल्लेख छ।

सम्पत्ति विवरणअनुसार मन्त्री पछाईको जग्गाजमिन जुम्लादेखि बर्दियासम्मका ३१ स्थानमा रहेको छ।

विवरणअनुसार उनीसँग ७० तोला सुनचाँदी छ। त्यस्तै, विभिन्न लघुवित्त तथा कम्पनीहरूमा मात्रै उनको ४३ हजार ५४२ कित्ता सेयर रहेको छ।

विभिन्न कम्पनीमा रहेको उनको सेयरको मूल्य करोडौँ रुपैयाँ बराबर रहेको सम्पत्ति विवरणमा देखिएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २९ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 29 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार