कांग्रेस केन्द्रीय सदस्य : गण्डकी खुलामा किरणबाबु श्रेष्ठ, युवा खुलामा सुवास पौडेल अगाडि

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणना जारी छ। मतगणनामा खुलातर्फ गण्डकी प्रदेशका महामन्त्री किरणबाबु श्रेष्ठले अग्रता लिएका छन्।
त्यस्तै, ३५ वर्षमुनिका युवाका लागि छुट्याइएको युवा खुलातर्फ सुवास पौडेलले फराकिलो अग्रता लिएका छन्।
महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यका विभिन्न पदमा भएको मतदानको गणना भइरहेको छ। मतगणना सकिएपछि मात्र अन्तिम नतिजा सार्वजनिक हुनेछ।
कांग्रेसको १५औँ महाधिवेशनका विभिन्न पदको मतगणना तथा नतिजा प्रकाशन क्रमशः भइरहेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


