२९ असोज २०८३ English
English

कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जन अगाडि, दलिततर्फ डा. डीबी सुनार अग्रस्थानमा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जन अगाडि, दलिततर्फ डा. डीबी सुनार अग्रस्थानमा
तस्बिर: अनलाइनखबर

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणनामा चिरीबाबु महर्जनले अग्रता कायमै राखेका छन्। ५ हजार ४०० मत गन्दा महर्जनले ४ हजार १४९ मत पाएका छन्।

दोस्रो स्थानमा निश्कल राई छन्। उनले ३ हजार ८४० मत पाएका छन्।

केन्द्रीय सदस्य (दलित खुला) तर्फ ६ हजार ५०० मत गन्दा डा. डीबी सुनारले सबैभन्दा धेरै ३ हजार १६० मत पाएका छन्। दलित क्लस्टरका ८ जना केन्द्रीय सदस्यको नतिजा पनि सार्वजनिक भएको छ। यसमा डा. डीबी सुनार, सागर परियार र हरिशरण नेपालीलगायतको नाम छ।

सहमहामन्त्री खस आर्यतर्फको मतगणनामा मनोजमणि आचार्य अगाडि छन्। केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनाको पूरा नतिजा आज रातिसम्म सार्वजनिक हुने बताइएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २९ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 29 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार