कालीगण्डकीको बाढीले पर्वतको फर्से बजारमा ६६ घर क्षतिग्रस्त
कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको पुरानो बजार क्षणभरमै उजाड बनेको छ।
निरन्तरको वर्षापछि बिहान आएको बाढीले फर्सेका ६६ घर क्षतिग्रस्त भएका छन्।
कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने मध्यपहाडी लोकमार्ग ठाउँठाउँमा अवरुद्ध भएको छ।
यसैबीच, कालीगण्डकीमा आएको बाढी हेर्न बागलुङ बजारबाट गाडी रिजर्भ गरेर डोडेनी पुग्नेको भीड लागेको छ। आइतबार बिहानैदेखि स्थानीयहरू जिप, अटोरिक्सालगायतका साधनमा बाढी हेर्न पुगेका थिए।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

