९ असोज २०८३ English
English

कम्युनिस्ट एकताका लागि नेकपाको वार्ता समिति, संयोजन समिति बैठक सुरु

· १ मिनेट पढाइ
कम्युनिस्ट एकताका लागि नेकपाको वार्ता समिति, संयोजन समिति बैठक सुरु
तस्बिर: राजधानी

नेपाली कम्युनिस्ट पार्टी, नेकपाले विभिन्न कम्युनिस्ट घटकबीच एकताको पहल गर्न तीन सदस्यीय वार्ता समिति गठन गरेको छ। काठमाडौँको पेरिसडाँडास्थित पार्टी मुख्यालयमा आज मङ्गलबार दिउँसो १ बजेदेखि सुरु भएको केन्द्रीय संयोजन समितिको बैठकले उक्त समिति बनाएको हो। वार्ता समितिमा नेकपाका नेताहरू देव गुरुङ, प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्यका रूपमा रहनुभएको छ।

यो समितिले नेकपाबाहिर रहेका अन्य कम्युनिस्ट पार्टीहरूसँग सम्पर्क गरी एकताबारे वार्ता अघि बढाउनेछ। बैठकले आगामी मंसिरमा हुने एकता महाधिवेशनको कार्यतालिका टुङ्गो लगाउने विषयमा पनि छलफल गरिरहेको छ। माओवादी र एकीकृत समाजवादी मिलेर नेकपा बनाउँदा दुवै पक्षले २०८३ सालको मंसिरमा एकता महाधिवेशन गर्ने सहमति गरेका थिए।

तर तोकिएको समयसम्म अब करिब दुई महिना मात्र बाँकी रहँदा पनि पार्टीले महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्न सकेको छैन। वार्ता समितिमा समेत रहनुभएका नेता ज्वालाले आजकै बैठकबाट महाधिवेशनको परिमार्जित कार्यतालिका सार्वजनिक हुने सम्भावना रहेको बताउनुभएको छ। पार्टी एकता भए पनि माओवादी र एकीकृत समाजवादी निकटका भ्रातृ संगठनहरू अझै एकीकृत हुन सकेका छैनन्।

यसअघि नेकपाले विभिन्न दलसँग एकता गरे पनि ती दलसँगको संगठनात्मक एकीकरण ठोस रूपमा टुङ्गिन सकेको छैन।

यो समाचार भिडियोमा

कम्युनिस्ट एकताका लागि नेकपाको वार्ता समिति, संयोजन समिति बैठक सुरु

स्रोत

सम्बन्धित समाचार