१७ असोज २०८३ English
English

भोटेकोशी बाढी: अब ‘सर्च एन्ड रेस्क्यु’ होइन, ‘सर्च एन्ड रिकभरी’ गरिने

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
भोटेकोशी बाढी: अब ‘सर्च एन्ड रेस्क्यु’ होइन, ‘सर्च एन्ड रिकभरी’ गरिने
तस्बिर: अनलाइनखबर

भोटेकोशी बाढीपछि बेपत्ता भएकाहरूको खोजीलाई सरकारले अब ‘सर्च एन्ड रेस्क्यु’ बाट ‘सर्च एन्ड रिकभरी’ मा लैजाने निर्णय गरेको छ।

गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले रसुवा र छिमेकी जिल्लाका जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको थियो। बाढी आएको एक महिनाभन्दा बढी भइसक्दा पनि बेपत्ता मजदुर र कर्मचारीको खोजी जारी छ।

लामो समय खोजी गर्दा पनि बेपत्ताहरू जीवितै भेटिने सम्भावना कम हुँदै गएकाले सरकारले यो निर्णय गरेको हो। अब खोजीलाई पुनःप्राप्ति र पुनरुत्थानसँग जोडेर अघि बढाइनेछ।

यसअनुसार बेपत्ता मजदुरहरूको खोजीसँगै बाढीले क्षति पुर्‍याएका जलविद्युत् आयोजनाहरूलाई पुनः सञ्चालनमा ल्याउने कामलाई पनि प्राथमिकता दिइनेछ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १७ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 17 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार