२१ असोज २०८३ English
English

म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसी बस्ती जोखिममा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसी बस्ती जोखिममा
तस्बिर: रातोपाटी

म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीमा आएको बाढीले बेनी–दरवाङ सडक कटान गरेको छ। बाढीका कारण सोही क्षेत्रको दुखुबेँसी गाउँ पनि जोखिममा परेको छ।

यही असोज ८ देखि ११ गतेसम्म परेको झरीपछि आएको बाढीले बालौटेमा सडक कटान गरेको हो। सडक कटानपछि सवारीसाधन वैकल्पिक सडक प्रयोग गरेर चलिरहेका छन्।

वैकल्पिक सडक साँघुरो र कच्ची छ, र त्यसको ग्रेड पनि मिलेको छैन। यस सडकमा ठूला सवारीसाधन एकापसमा पास हुने पर्याप्त ठाउँ छैन। कतिपय ठाउँमा सवारीसाधन भुइँमा ठेक्किने गरेका छन्।

बेनी–दरवाङ सडक म्याग्दी सदरमुकाम बेनीलाई जिल्लाको दरवाङसम्म जोड्छ। बाढीले सडक र बस्ती दुवैमा जोखिम बढाएपछि स्थानीयहरूलाई आवतजावतमा समस्या भएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २१ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 21 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार