बाढी प्रभावित पर्वतको फर्से पुगे मुख्यमन्त्री पाण्डे, सडक तत्काल सुचारु गर्न निर्देशन

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कालीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित पर्वतको जलजला गाउँपालिका–८ फर्सेको स्थलगत निरीक्षण गरेका छन्। आइतबारदेखि परेको वर्षासँगै कालीगण्डकीमा बाढी आएको थियो।
चाडपर्वका बेला बाढीपहिरोले सडक अवरुद्ध हुँदा स्थानीयलाई सास्ती हुने भएकाले मुख्यमन्त्री पाण्डेले वैकल्पिक व्यवस्था सम्भव भएका ठाउँमा तत्काल सडक सुचारु गराउन प्रदेश मातहतका जिल्लास्थित पूर्वाधार विकास कार्यालयलाई निर्देशन दिएका छन्।
अविरल वर्षासँगैको बाढी, पहिरो तथा डुबानबाट गण्डकी प्रदेशमा मात्रै पछिल्लो समय २० जनाभन्दा बढी मानिसको ज्यान गएको छ। मनाङमा हिमाल आरोहणमा गएका १२ जना अझै बेपत्ता छन्।
अविरल वर्षाका कारण प्रदेशका विभिन्न जिल्लामा सडक अवरुद्ध हुनुका साथै बस्ती जोखिममा परेका छन्। प्रदेश सरकारले प्रभावित क्षेत्रमा उद्धार, राहत र सडक सम्पर्क पुनःस्थापनाको काम अघि बढाएको जनाएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


