१८ असोज २०८३ English
English

कांग्रेस महाधिवेशनको उद्घाटनमा एमाले अध्यक्ष ओली नजाने, प्रचण्ड जाने

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कांग्रेस महाधिवेशनको उद्घाटनमा एमाले अध्यक्ष ओली नजाने, प्रचण्ड जाने
तस्बिर: रातोपाटी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह आज दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुँदै छ। कांग्रेसले यो समारोहका लागि विभिन्न राजनीतिक दलका शीर्ष नेतालाई निम्तो पठाएको छ।

तर निम्तो पाउने सबै दलका प्रमुख नेता समारोहमा जाने छैनन्। एमाले अध्यक्ष केपी शर्मा ओली उद्घाटनमा अतिथिका रूपमा जाने छैनन्। उनको सट्टा एमाले महासचिवले महाधिवेशनलाई शुभकामना दिनेछन्।

प्रचण्ड भने उद्घाटन समारोहमा सहभागी हुने भएका छन्।

उद्घाटन समारोहमा विभिन्न दलका नेता आउने बताइएको छ। समारोह सकिएपछि खुलामञ्चमै बनाइएका हलहरूमा महाधिवेशनको बन्दसत्र चल्नेछ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १८ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 18 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार