१८ असोज २०८३ English
English

बागलुङको गलकोटमा बाढी, पहिरो र हुरीले वडा कार्यालयसहित ६३ घरमा क्षति

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बागलुङको गलकोटमा बाढी, पहिरो र हुरीले वडा कार्यालयसहित ६३ घरमा क्षति
तस्बिर: नेपाल प्रेस

बागलुङको गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गते आएको बाढी, पहिरो र हुरीले ६३ घरमा क्षति पुगेको छ।

गलकोट नगरपालिकाका अनुसार क्षतिग्रस्त संरचनामा एउटा वडा कार्यालय पनि परेको छ। लगातार तीन दिनसम्म आएको बाढी, पहिरो र हुरीले नगरपालिकाका विभिन्न क्षेत्रमा क्षति पुर्‍याएको हो।

नगरपालिकाले क्षतिको विवरण सङ्कलन गरी सार्वजनिक गरेको छ। सोही अवधिमा नगरपालिका क्षेत्रका अन्य १३३ घर पनि प्रभावित भएको नगरपालिकाको विवरणमा उल्लेख छ।

पछिल्लो समय परेको वर्षापछि बागलुङसँगै छिमेकी जिल्ला पर्वत र म्याग्दीमा पनि बाढीपहिरोबाट घर तथा पूर्वाधारमा क्षति पुगेको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १८ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 18 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार