२१ असोज २०८३ English
English

सर्वोच्चमा चार न्यायाधीश सिफारिस, वरिष्ठता मिचिएको भन्दै दुई सदस्यको फरक मत

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
सर्वोच्चमा चार न्यायाधीश सिफारिस, वरिष्ठता मिचिएको भन्दै दुई सदस्यको फरक मत

YouTube मा सब्स्क्राइब

न्यायपरिषद्ले सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि उच्च अदालतका चार न्यायाधीशको नाम सिफारिस गरेको छ। प्रधानन्यायाधीश मनोज शर्माको अध्यक्षतामा असोज २० गते बसेको परिषद् बैठकले यो निर्णय गरेको हो। सिफारिसमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा.

रत्नबहादुर बागचन्द, उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारु, पाटनकै हेटौँडा इजलासका न्यायाधीश जनक पाण्डे र हाल सर्वोच्चमा काजमा रहनुभएका न्यायाधीश गोकर्ण डाँगी पर्नुभएको छ। यसै महिना एक न्यायाधीशको अवकाशसँगै सर्वोच्चमा ५ पद रिक्त हुने अवस्था भए पनि परिषद्ले एउटा पद खाली राखेको छ। बागचन्द उच्च अदालतका मुख्य न्यायाधीशको वरियताक्रममा पहिलो स्थानमा हुनुहुन्छ।

परिषद्को गत वर्षको वरियता बुलेटिनअनुसार उच्च अदालतका न्यायाधीशमध्ये सारु ५औँ, पाण्डे १३औँ र डाँगी १६औँ स्थानमा हुनुहुन्छ। बागचन्दबाहेक अन्य मुख्य न्यायाधीश सिफारिसमा परेका छैनन्। सर्वोच्चकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल र परिषद् सदस्य महेशकुमार नेपालले निर्णयमा फरक मत लेख्नुभएको छ।

कारण नखुलाई वरिष्ठता मिचिएको, सिफारिस समावेशी नभएको र बारको प्रतिनिधित्व नभएको भन्दै न्यायाधीश मल्लले लिखित असहमति जनाउनुभएको छ। सदस्य नेपालले भने डाँगीसहित केही नामको सिफारिसमा असहमति राख्नुभएको छ। यसपटक कानुन व्यवसायी क्षेत्रबाट कसैको नाम सिफारिस भएको छैन।

संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि राष्ट्रपतिबाट उहाँहरूको नियुक्ति हुनेछ।

स्रोत

सम्बन्धित समाचार