अर्घाखाँचीमा मदिरा सेवन गरेका पतिले श्रीमतीमाथि मट्टितेल छर्केर आगो लगाए

अर्घाखाँचीको सन्धिखर्कमा मदिराले मातेका एक पुरुषले आफ्नै श्रीमतीमाथि मट्टितेल छर्केर आगो लगाएका छन्।
सन्धिखर्क नगरपालिका–११, रामपोतका ४२ वर्षीय खिमबहादुर मुखियाले श्रीमतीको शरीरमा मट्टितेल छर्केर आगो लगाएका हुन्। उनले रक्सी पिएर मातिएको अवस्थामा यस्तो गरेका थिए।
आगोबाट घाइते भएकी श्रीमती सुनितालाई अर्घाखाँची अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो। त्यसपछि थप उपचारका लागि उनलाई लुम्बिनी प्रादेशिक अस्पताल रिफर गरिएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


