भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’, ३ हजार ६८५ नमुनाको डीएनए परीक्षण जारी

सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा ‘खोज तथा पुनःप्राप्ति’ (सर्च एन्ड रिकभरी) अघि बढाउने निर्णय गरेको छ। सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकले यो निर्णय गरेको हो।
यो निर्णयसँगै बाढी प्रभावित क्षेत्रमा अहिलेसम्म जारी नियमित खोज तथा उद्धारको चरण अब खोज तथा पुनःप्राप्तितर्फ केन्द्रित हुनेछ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बुधबार बसेको बैठकले भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता व्यक्तिहरूको आधिकारिक विवरण यकिन गर्ने प्रक्रिया पनि अघि बढाएको छ। सरकारले बेपत्ता तथा मृतकको विवरण यकिन गर्ने काम गरिरहेको जनाएको छ।
मृतकको पहिचानका लागि ३ हजार ६८५ नमुनाको डीएनए परीक्षण जारी रहेको जनाइएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


