पर्वतको लामाबगरमा पहिरो, चार घर र दुई गोठ पुरिए, एक जना घाइते

म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–७ लामाबगरमा मंगलबार पहिरो गएको छ। पहिरोले चार वटा घर र दुई वटा गोठ पुरिएका छन्।
पहिरोमा परी एक जना घाइते भएका छन्। पहिरोले घर पुर्दा च्यापिएका ६५ वर्षीय आत्मराज शर्मालाई उद्धार गरिएको थियो।
उद्धारपछि घाइते शर्माको म्याग्दीको प्रादेशिक अस्पताल बेनीमा उपचार भइरहेको छ।
लामाबगर बस्ती बेनीबजारसँगै जोडिएको छ। पहिरोबाट पुरिएका घर र गोठमा भएको क्षतिको विस्तृत विवरण भने अहिलेसम्म आएको छैन।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


