हुम्लामा अचानक वर्षा र हिमपात, जनजीवन प्रभावित

हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि जनजीवन प्रभावित भएको छ। जिल्लाको माथिल्लो क्षेत्रमा हिमपात भइरहेको छ भने तल्लो क्षेत्रमा लगातार वर्षा भइरहेको छ।
नाम्खा, सिमकोटलगायतका क्षेत्रमा वर्षा र हिमपातको असर परेको छ।
यसअघि नै हिमपातले उत्तरी नाम्खा गाउँपालिकाका लिमी र हिल्सा क्षेत्र सडक सञ्जालबाट अलग भएका छन्। न्यालु र नारा लेकमा साढे तीन फिटसम्म हिउँ जमेपछि असोजको पहिलो सातादेखि लिमीमा सवारी आवागमन ठप्प छ।
सडक सञ्जालबाट अलग भएका यी क्षेत्रका बासिन्दा बिरामी पर्दा उपचारका लागि हेलिकप्टरमा भर पर्नुपर्ने अवस्था छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो