पाइलटबीच झडप, फ्लाई दुबई विमान साउदीमा अवतरण

संयुक्त अरब इमिरेट्सको दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाई दुबईको नियमित यात्रुवाहक उडान बुधबार अचानक बाटो बदलेर साउदी अरबमा अवतरण गरेको छ। उडानका क्रममा विमानबाट अपहरणको सङ्केत जनाउने आपत्कालीन कोड केही समय प्रसारण भएपछि इजरायलमा उच्च सतर्कता अपनाइएको छ। घटनाको जानकारी पाउनेबित्तिकै इजरायली वायुसेनाले लडाकु विमान परिचालन गरेको छ।
इजरायली सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र रक्षामन्त्री इजरायल काट्जले सुरक्षा अधिकारीहरूसँग आपत्कालीन छलफल गरेका छन्। पछि सीएनएनले उद्धृत गरेका स्रोतहरूले विमान अपहरणमा नपरेको दाबी गरेका छन्। उनीहरूका अनुसार उड्दै गरेको विमानको ककपिटभित्र दुई पाइलटबीच उग्र झडप भएपछि आपत्कालीन अवस्था बनेको हो।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


