बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार ४४ जनाको हेलिकोप्टरबाट उद्धार

गोरखाको बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजारभन्दा बढी नागरिकलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार आइतबारदेखि बिहीबारसम्म एक हजार ४४ जनाको उद्धार भएको हो।
बूढीगण्डकी नदीमा असोज २५ गते आएको बाढीले आरुघाट गाउँपालिका–३ स्थित सोती बजारलगायत क्षेत्र प्रभावित भएको थियो। बाढीले घरभित्र लेदो पसेपछि सोती बजारलाई पुरानै अवस्थामा फर्काउन स्थानीयहरू जुटेका छन्।
बूढीगण्डकीको बाढी र भदौमा भोटेकोशी–त्रिशूलीमा आएको विनाशकारी बाढीको उत्पत्ति उस्तै रहेको विज्ञहरूले बताएका छन्। तर यसपटक क्षति कम भएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


