नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित, ९३.८८ प्रतिशत मत

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन्। पार्टीको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापाले ६ हजार ५८४ मत (९३.८८ प्रतिशत) प्राप्त गरेका हुन्। उनी आगामी चार वर्षको कार्यकालका लागि सभापतिमा निर्वाचित भएका हुन्।
सभापति पदमा थापासँग प्रतिस्पर्धा गरेका श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरे। सभापति पदमा कुल ३९ मत बदर भएका थिए।
महाधिवेशनअन्तर्गत शुक्रबार मतदान भएको थियो। सभापति पदको मतगणना राष्ट्रिय सभागृहमा भएको थियो। काठमाडौँमा अचानक पानी परेपछि मतगणना केही समय प्रभावित भएको थियो। मौसममा सुधार आएपछि खुला मञ्चमा राखिएका सबै मतपेटिका सुरक्षित रूपमा सभागृहमा ल्याइएका थिए। गणना बागमती र सुदूरपश्चिम प्रदेशबाट सुरु गरिएको थियो र शनिबार बिहान सकिएको थियो।
सभापतिबाहेकका अन्य पदाधिकारीको मतगणना भने अझै बाँकी छ। ती पदका मतपेटिका सानेपा लगिएका छन् र आज दिउँसोदेखि त्यहीँ मतगणना हुने जनाइएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


