२४ असोज २०८३ English
English

कांग्रेस महाधिवेशन: सभापतिबाहेकका पदाधिकारीको मतगणना आज दिउँसोदेखि सानेपामा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कांग्रेस महाधिवेशन: सभापतिबाहेकका पदाधिकारीको मतगणना आज दिउँसोदेखि सानेपामा
तस्बिर: इमेजखबर

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बाँकी पदाधिकारीको मतगणना आज हुने भएको छ। सभापति पदको मतगणना सकिए पनि उपसभापति र महामन्त्रीलगायतका अन्य पदाधिकारीको मतपरिणाम आउन बाँकी छ।

सभापतिबाहेकका पदाधिकारीका मतपेटिका गएराति नै पार्टी कार्यालय सानेपा लगिएको छ। ती मतपेटिकाको मतगणना आज दिउँसो मात्र सुरु गर्ने तयारी रहेको छ।

यसअघि सम्पन्न सभापति पदको मतगणनामा गगनकुमार थापा निर्वाचित भएका थिए। थापाले ६ हजार ५८४ मत पाएका थिए भने उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत पाएका थिए। कुल ७ हजार १३ मत खसेको थियो।

सभापतिको परिणाम आइसकेपछि अब उपसभापति, महामन्त्रीलगायतका पदमा को निर्वाचित हुन्छन् भन्ने प्रतीक्षा छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २४ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 24 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार