मर्स्याङ्दीको बाढीले मनाङको तालगाउँ फेरि डुबानमा

लगातारको अविरल वर्षाका कारण मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङको तालगाउँ फेरि डुबानमा परेको छ।
नासों गाउँपालिका–१ मा पर्ने तालगाउँ मर्स्याङ्दी नदीको किनारमा अवस्थित छ। नदीको बहावमा अवरोध आएपछि गाउँ जलमग्न भएको स्थानीयले बताएका छन्। बाढीका कारण गाउँका धेरै घर डुबानमा परेको गाउँपालिकाका वडाध्यक्ष मिनराशी गुरुङले जानकारी दिए। उनले भने, 'मर्स्याङ्दीले गाउँ चेप्दै ल्याएको छ, प्रशासनलाई खबर पुर्याइदिनू।'
नदीको पानी बस्तीमा पसेपछि स्थानीयवासी सुरक्षित स्थानतर्फ सर्न थालेका छन्। २०७८ सालमा बाढीले बगाएको उक्त ताल केही समयअघि मात्रै पुनः निर्माण सकिएको थियो।
अविरल वर्षासँगै मनाङसहित मुस्ताङ, कास्की, लमजुङलगायतका जिल्लामा बाढीको अति उच्च जोखिम रहेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


