९ असोज २०८३ English
English

सबल लोकतन्त्रका लागि संविधान संशोधन आवश्यक: अध्यक्ष दाहाल

· १ मिनेट पढाइ
सबल लोकतन्त्रका लागि संविधान संशोधन आवश्यक: अध्यक्ष दाहाल
तस्बिर: गोरखापत्र

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले परिपक्व र सबल लोकतान्त्रिक व्यवस्थातर्फ अघि बढ्ने उद्देश्यले संविधान संशोधन हुनुपर्ने धारणा राख्नुभएको छ। नेसनल लेजिस्लेटिभ एकेडेमीले काठमाडौँमा आयोजना गरेको ‘संविधान कार्यान्वयनको दोस्रो दशक : अवसर र चुनौती’ विषयक अन्तरक्रियामा उहाँले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई अझ अगाडि बढ्नुपर्ने बताउनुभएको हो। समय, समाज र जनआकाङ्क्षाको परिवर्तनसँगै संविधान निरन्तर परिमार्जन र संशोधनको विषय बन्नुपर्ने उहाँको भनाइ छ।

संविधान स्थिरताको आधार भए पनि केही आधारभूत सिद्धान्तबाहेक यो अपरिवर्तनीय दस्तावेज नरहेको उहाँले बताउनुभएको छ। संशोधनलाई कुनै एक वर्ग, समुदाय वा दलको स्वार्थमा केन्द्रित बनाउन नहुने उहाँको स्पष्टोक्ति छ। संशोधनको बहस सङ्घीयताको मर्मलाई सर्वोपरि राख्दै तीनै तहका सरकारको भूमिका, अधिकार, क्षमता र गरिमा सुदृढ बनाउने दिशामा केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ।

जनताका अधिकार अझ विस्तार हुने, समावेशी लोकतन्त्र थप सशक्त बन्ने र शासन प्रणाली अझ स्थिर तथा उत्तरदायी बन्ने गरी संशोधनको बहस अघि बढ्नुपर्ने उहाँले औँल्याउनुभएको छ।

स्रोत

सम्बन्धित समाचार