२० असोज २०८३ English
English

भरतपुरमा बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्

चितवनमा बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई जनालाई पक्राउ गरिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार प्रहरीले भरतपुर महानगरपालिका–१० स्थित हाकिमचोकबाट उनीहरूलाई मोबाइलसहित नियन्त्रणमा लिएको हो।

बरामद गरिएका मोबाइलमा आइफोनसमेत रहेको जनाइएको छ। ती मोबाइल बिलबिजक बिना नै बिक्री तथा ओसारपसारका लागि राखिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जना प्रहरी नियन्त्रणमा छन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २० असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 20 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार