९ असोज २०८३ English
English

कांग्रेस नेता शेखर कोइरालाले मध्यमार्गी बाटो रोज्न आह्वान गरेका छन्। दुवै पक्षको महाधिवेशन रोक्न उनले माग गरेका छन्। पार्टी विभाजन रोक्न उनले अपिल गरेका हुन्।

· १ मिनेट पढाइ
कांग्रेस नेता शेखर कोइरालाले मध्यमार्गी बाटो रोज्न आह्वान गरेका छन्। दुवै पक्षको महाधिवेशन रोक्न उनले माग गरेका छन्। पार्टी विभाजन रोक्न उनले अपिल गरेका हुन्।
तस्बिर: नागरिक

नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले पार्टीभित्रको आन्तरिक विभाजन रोक्न मध्यमार्गी बाटो रोज्न आह्वान गर्नुभएको छ। एक प्रेस वक्तव्य जारी गर्दै उहाँले सहमति, सहकार्य र एकताको बाटोबाट अघि बढ्न सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ। संस्थापन र इतर पक्षले छुट्टाछुट्टै महाधिवेशनको मिति घोषणा गरेपछि उहाँले दुवै महाधिवेशन रोक्न माग गर्नुभएको छ।

घोषित दुई महाधिवेशनले नेपालको राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा गम्भीर आघात पुग्ने उहाँको भनाइ छ। नेता कोइरालाले प्राकृतिक विपत्तिबाट रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा प्रभावित नागरिकको समस्याप्रति पार्टी संवेदनशील हुन नसकेको बताउनुभएको छ। कानुन र विधानका धारालाई मात्र आधार बनाएर मानवीय संवेदनामाथि खेलवाड गर्न नहुने उहाँले उल्लेख गर्नुभएको छ।

पार्टीका संस्थापक नेता बीपी कोइरालाको राजनीतिक र नैतिक दर्शनलाई आत्मसात् गर्दै एकढिक्का हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ। आफ्नै साथीभाइमाथि असुरक्षा, अपमान र घृणा पैदा गरेर निर्माण गरिने महलमाथि आफू बस्न नसक्ने उहाँले स्पष्ट पार्नुभएको छ।

स्रोत

सम्बन्धित समाचार