२४ असोज २०८३ English
English

लिग–२ को शीर्ष चारबाट नेपाल बाहिर, अब प्लेअफबाट विश्वकप छनोटको बाटो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
लिग–२ को शीर्ष चारबाट नेपाल बाहिर, अब प्लेअफबाट विश्वकप छनोटको बाटो

YouTube मा सब्स्क्राइब

आईसीसी क्रिकेट विश्वकप लिग–२ को अंकतालिकामा नेपाल शीर्ष चारमा पुग्न नसक्ने निश्चित भएको छ। शुक्रबार ओमानले क्यानडालाई पराजित गरेपछि नेपालको यो सम्भावना टुंगिएको हो। उक्त जितसँगै ओमानको अंक २९ खेलबाट ३३ पुगेको छ।

नेपालसँग ३२ खेलबाट २४ अंक छ र बाँकी सबै खेल जिते पनि बढीमा ३२ अंकसम्म मात्र पुग्न सक्छ। नेपालले लिगमा ११ खेल जितेको, १९ खेल हारेको र २ खेल नतिजाविहीन भएको छ। आठ टोलीको तालिकामा नेपाल सातौँ स्थानमा छ।

अमेरिका ३४ खेलबाट ४७ अंकसहित लिगको विजेता बनिसकेको छ। स्कटल्यान्ड ३६ खेलबाट ४५ अंकसहित दोस्रो र नेदरल्यान्ड्स ३२ खेलबाट ३८ अंकसहित तेस्रो स्थानमा छन्। नामिबिया ३४ खेलबाट २९ अंकसहित पाँचौँ, क्यानडा ३३ खेलबाट २५ अंकसहित छैटौँ र यूएई ३० खेलबाट १९ अंकसहित पुछारमा छ।

लिगका शीर्ष चार टोलीले २०२७ को एकदिवसीय विश्वकपका लागि हुने छनोटमा सिधै स्थान पाउँछन्। पुछारका चार टोली भने प्लेअफ खेल्नेछन्, जहाँ आठ टोलीमध्ये शीर्ष चारले छनोटमा प्रवेश पाउनेछन्। दस टोली सहभागी हुने छनोटमा आईसीसी एकदिवसीय वरीयताका पुछारका दुई टोली पनि हुनेछन्।

अघिल्लो चक्रमा नेपालले लिगको शीर्ष चारमा परेर छनोटमा स्थान बनाएको थियो। नेपालले आइतबार क्यानडा र मंगलबार ओमानसँग खेल्नेछ।

स्रोत

सम्बन्धित समाचार