बाढी, पहिरोलगायत विपद्बाट चार दिनमा १५ जनाको मृत्यु, १ हजार २८४ जनाको उद्धार

देशका विभिन्न स्थानमा बाढी, पहिरोलगायत विपद्बाट चार दिनमा १५ जनाको मृत्यु भएको छ। अविरल वर्षाका कारण असोज ८ गतेदेखि आएका विपद्मा परी हालसम्म १५ जनाको ज्यान गएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार विपद्मा परी बागमती प्रदेशमा तीन, लुम्बिनीमा चार, गण्डकीमा पाँच र कर्णालीमा दुई जनाको मृत्यु भएको छ। मधेश प्रदेशमा पनि मृत्यु भएको छ।
विपद्का क्रममा सुरक्षाकर्मीले विभिन्न स्थानबाट एक हजार २८४ जनाको उद्धार गरेका छन्।
यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तीन दिनको अविरल वर्षापछि आएको बाढी, पहिरोका कारण देशभर १२ जनाले ज्यान गुमाएको र ७ जना बेपत्ता रहेको जनाएको थियो। वर्षा जारी रहँदा मृत्यु हुनेको संख्या बढेर १५ पुगेको हो।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


