कांग्रेसमा एक उपसभापति र एक महामन्त्री थप्ने तयारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीमा पदाधिकारी संख्या थप्ने तयारी भएको छ। मौजुदा विधान संशोधन गरी एक उपसभापति र एक महामन्त्री थप्ने तयारी गरिएको हो।
रातोपाटीका अनुसार थपिने ती दुई पद महाधिवेशनपछि सभापतिले मनोनयन गर्ने गरी तयारी भएको छ।
उज्यालोका अनुसार कांग्रेसमा पहिले पदाधिकारीको संख्या १४ थियो। यसपटकको महाधिवेशनमा प्रतिनिधिको संख्या अहिलेसम्मकै धेरै रहेको उज्यालोले जनाएको छ।
कांग्रेसको १५औँ महाधिवेशन भोलि आइतबारदेखि सुरु हुँदैछ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


