एक लाख घुससहित मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजरलाई घुससहित नियन्त्रणमा लिएको छ।
आयोगले नगरपालिकाका इन्जिनियर डिकेशकुमार यादव र सुपरभाइजर कौशलकुमार मधुकरलाई रु. एक लाख घुससहित नियन्त्रणमा लिएको हो।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार अख्तियारको टोलीले उनीहरूको साथबाट स्रोत नखुलेको ३३ हजार ७०५ रुपैयाँसमेत नियन्त्रणमा लिएको छ।
घुस लिएको आरोपमा पक्राउ परेका दुवै जना मलंगवा नगरपालिकामा कार्यरत कर्मचारी हुन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


