घाँसीकुवामा लेदोसहितको पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा सोमबार बिहान पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ। सडकमाथिबाट लेदोसहितको पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो।
पहिरोका कारण राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। सडक अवरुद्ध हुँदा यस खण्डमा सवारीसाधनको आवागमन रोकिएको छ।
पहिरोले सडक अवरुद्ध भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ।
लगातारको अविरल वर्षा, बाढी र पहिरोका कारण पछिल्ला दिनमा देशका विभिन्न भागका प्रमुख राजमार्ग तथा सहायक सडकखण्ड पूर्ण एवं आंशिक रूपमा अवरुद्ध हुँदै आएका छन्। वर्षा रोकिए पनि पहिरो खस्ने क्रम जारी रहँदा राजधानी जोड्ने प्रमुख राजमार्गमध्ये एक पृथ्वी राजमार्ग फेरि प्रभावित भएको हो।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

