१३ असोज २०८३ English
English

मङ्सिर १ देखि उपत्यकामा पशु वधशाला र मासु जाँच ऐन लागु गर्ने तयारी

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
मङ्सिर १ देखि उपत्यकामा पशु वधशाला र मासु जाँच ऐन लागु गर्ने तयारी
तस्बिर: गोरखापत्र

सरकारले आगामी मङ्सिर १ गतेदेखि काठमाडौँ उपत्यकामा पशु वधशाला र मासु जाँच ऐन कार्यान्वयनमा ल्याउने भएको छ। लामो समयदेखि निष्प्रभावी रहेको ऐन लागु गर्न सरकारले परामर्श सुरु गरेको हो।

यसका लागि कृषि, वन तथा पर्यावरण मन्त्रालयले काठमाडौँ उपत्यकाका स्थानीय तहका प्रमुखहरूसँग छलफल गरेको छ। छलफलमा मन्त्रालयले मङ्सिर १ गतेदेखि नयाँ नियम लागु गर्ने बताएको थियो।

उक्त ऐन आएको २८ वर्ष भइसकेको छ। यति लामो समयसम्म प्रभावकारी रूपमा लागु हुन नसकेको ऐन कार्यान्वयनमा ल्याउन मन्त्रालयले प्रयास थालेको हो।

मन्त्रालयले ऐन लागु गर्ने तयारी गरे पनि काठमाडौँ उपत्यकामै यसको कार्यान्वयनमा चुनौती रहेको बताइएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १३ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 13 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार