वरिष्ठ पत्रकार हरि लम्सालको ७८ वर्षको उमेरमा निधन

वरिष्ठ पत्रकार हरि लम्सालको निधन भएको छ। ७८ वर्षका लम्सालको शनिबार बिहान ह्याम्स अस्पतालमा उपचारकै क्रममा निधन भएको हो।
उनी केही दिनदेखि बिरामी थिए र अस्पतालमा उपचार गराइरहेका थिए। उनको फोक्सोको उपचार चलिरहेको थियो।
लम्साल नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका पूर्वसभापति थिए। उनी पत्रकारिता क्षेत्रका वरिष्ठ व्यक्तिका रूपमा चिनिन्थे।
उनका परिवारमा श्रीमती, दुई छोरा र दुई छोरी छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो
