झापा आन्दोलनका योद्धा तथा पूर्वसांसद घनेन्द्र बस्नेतको निधन

झापा आन्दोलनका योद्धा तथा वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन भएको छ। क्यान्सरपीडित बस्नेतको भक्तपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा बुधबार साँझ निधन भएको हो।
बस्नेत नेपालको कम्युनिस्ट आन्दोलनमा लामो समय सक्रिय रहेका नेता थिए। उनी नख्खु जेल ब्रेकमा संलग्न नेतामध्ये एक थिए।
नेकपा एमालेका तर्फबाट उनी दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। बस्नेत २०४८ सालमा एमालेका तर्फबाट संखुवासभाबाट निर्वाचित भएका थिए।
उनको निधनप्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। ओलीले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत श्रद्धाञ्जली व्यक्त गरेका हुन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

