१९ असोज २०८३ English
English

ठेकेदार सम्पर्कविहीन भएपछि रौतहटको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
ठेकेदार सम्पर्कविहीन भएपछि रौतहटको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार
तस्बिर: इमेजखबर

रौतहटको एउटा इँटाभट्टामा अलपत्र परेका ४२ जना भारतीय नागरिकको प्रहरीले उद्धार गरेको छ। उनीहरू गुजरा नगरपालिका–५ लक्ष्मीपुरस्थित मदिना इँटाभट्टामा अलपत्र परेका थिए।

उनीहरू भारतीय ठेकेदारमार्फत इँटाभट्टामा काम गर्न आएका थिए। ठेकेदार सम्पर्कविहीन भएपछि उनीहरू अलपत्र परेका हुन्।

उद्धारपछि रौतहट प्रहरीले उनीहरूलाई भारतीय प्रहरीको जिम्मा लगाएको छ। प्रहरीका अनुसार उनीहरूलाई उनीहरूकै घरतर्फ पठाइएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १९ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 19 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार