हिमलुङ हिमपहिरो: थप दुई शव फेला, मृतकको संख्या ४ पुग्यो

मनाङको नार्पाभूमि गाउँपालिका–५ मा पर्ने हिमलुङ हिमाल क्षेत्रमा आइतबार गएको हिमपहिरोमा परेर ज्यान गुमाएका थप दुई आरोहीको शव फेला परेको छ। नेपाल राष्ट्रिय पर्वत आरोहण पथप्रदर्शक संघ (एनएनएमजीए) को खोज तथा उद्धार टोलीले शव फेला पारेपछि मृतकको संख्या ४ पुगेको हो।
यसअघि सम्पर्कविहीन भएकामध्ये दुई जनाको शव भेटिएको थियो। उनीहरूको पहिचान खुलिसकेको छ र शव काठमाडौं ल्याइएको छ।
सम्पर्कविहीन १४ जनाको खोजी तीव्र पारिएको छ। खोजीका लागि सोमबार बिहानैदेखि हेलिकप्टर खटाइएको छ। मिङ्मा जी शेर्पाको नेतृत्वमा १४ सदस्यीय टोली सोमबार हेलिकप्टरबाट हिमलुङ आधारशिविर पुगेको छ। टोलीले आधारशिविर आसपासका सम्भावित क्षेत्रमा बेपत्ता भएकाहरूलाई खोजिरहेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


