आधारभूत सेयरधनीले १५ प्रतिशतभन्दा बढी सेयर बेच्दा मात्र पूर्वसूचना दिनुपर्ने

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सूचीकृत कम्पनीका आधारभूत सेयरधनीले सेयर बिक्री गर्नुअघि सूचना सार्वजनिक गर्नुपर्ने व्यवस्थामा संशोधन गरेको छ।
बोर्डले शुक्रबार यसअघिको निर्देशनमा संशोधन गर्दै पूर्वसूचना दिनुपर्ने सीमा बढाएको हो। यसअघि कायम रहेको ५ प्रतिशतको सीमालाई बढाएर १५ प्रतिशत पुर्याइएको छ।
नयाँ व्यवस्थाअनुसार अब आधारभूत सेयरधनीले १५ प्रतिशतभन्दा बढी सेयर बिक्री गर्दा मात्र पूर्वसूचना दिनुपर्नेछ। यससँगै सेयर बेच्दा पूर्वसूचना दिनुपर्ने व्यवस्था पहिलेभन्दा खुकुलो भएको छ।
आधारभूत सेयरधनीले सेयर बिक्री गर्दा पूर्वजानकारी दिनुपर्ने सम्बन्धी निर्देशन सेबोनले यसअघि नै जारी गरेको थियो।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

