रसुवा बाढी प्रभावितका लागि तत्काल अस्थायी आवास बनाउने सरकारी निर्णय

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट विस्थापित तथा प्रभावित परिवारका लागि सरकारले तत्काल अस्थायी आवास (ट्रान्जिसनल सेल्टर) बनाउने निर्णय गरेको छ।
अस्थायी आवास गैरसरकारी संस्था र स्थानीय तहसँग मिलेर बनाइनेछ। बैठकको निर्णयअनुसार सहयोगी संस्थाले नेपाल सरकारले उपलब्ध गराएको जग्गामा तोकिएको मापदण्डभित्र रहेर घर बनाउनुपर्नेछ।
यसैबीच, सरकारले भोटेकोशी बाढी प्रभावितका लागि दुईतले, ६ कोठे घर बनाउने योजना पनि अघि सारेको छ। ‘विदुर स्याटलाइट शहर’ नाम दिइएको आवासको योजना अहिले बनाइँदै गरेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बताएका छन्।
बाढीले घरबार गुमाएका परिवारलाई तत्काल बस्ने ठाउँ उपलब्ध गराउन अस्थायी आवास बनाउन लागिएको हो।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


