सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै, रुट परमिटमा पनि कडाइ

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गर्ने तयारी गरेको छ। कार्यालयले बाटो इजाजत (रुट परमिट) सँगै अग्निनियन्त्रक यन्त्रको व्यवस्था अनिवार्य गराउन लागेको हो।
सार्वजनिक सवारीसाधनलाई थप सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले यो तयारी गरिएको हो। यससँगै सार्वजनिक सवारीसाधनको रुट परमिटसम्बन्धी व्यवस्थामा पनि कडाइ गरिने भएको छ।
उपत्यका ट्राफिक प्रहरीले सार्वजनिक सवारीसाधनको नियमित अनुगमनलाई प्रभावकारी बनाउने र यात्रुको सुरक्षासँग प्रत्यक्ष जोडिएका विषयमा कडाइ गर्ने तयारी गरेको जनाइएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


