१९ असोज २०८३ English
English

गगन थापाको राजनीतिक प्रतिवेदन : उद्देश्यभन्दा पद र सत्ता रोज्दा कांग्रेस जनताबाट टाढियो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
गगन थापाको राजनीतिक प्रतिवेदन : उद्देश्यभन्दा पद र सत्ता रोज्दा कांग्रेस जनताबाट टाढियो
तस्बिर: रातोपाटी

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा पछिल्ला दुई दशकको राजनीतिक यात्रामा कांग्रेसबाट भएका कमजोरीमाथि आत्मसमीक्षा गरेका छन्।

प्रतिवेदनमा उद्देश्यभन्दा पद र सत्ता रोज्दा कांग्रेस जनताबाट टाढिएको निष्कर्ष निकालिएको छ। थापाले भदौको जनउभारलाई लिएर देखिएका दुई प्रवृत्तिमाथि पनि टिप्पणी गरेका छन्।

यसैगरी, सभापति थापाले देश, लोकतन्त्र र कांग्रेसको आगामी दिशासहित ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण पनि अघि सारेका छन्। महाधिवेशनअन्तर्गत आज हुने बन्दसत्रमा उनले यो दृष्टिकोण सार्वजनिक गर्ने कार्यक्रम छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १९ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 19 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार