२५ असोज २०८३ English
English

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
तस्बिर: नेपाल प्रेस

सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले आइतबार प्रदेशसभामा बजेट पेस गरेका हुन्।

आर्थिक वर्ष सुरु भएको ८७औँ दिनमा बजेट आएको हो। यसअघि निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले असार १ गते प्रदेशसभामा बजेट पेस गरेको थियो। तर सत्तारूढ दल नेकपा एमालेले बीचमै समर्थन फिर्ता लिएपछि त्यो सरकार असफल भएको थियो। साउन २९ गते सरकार परिवर्तन भएकाले बजेट ढिलो आएको हो।

मन्त्री मल्लले तत्कालीन अर्थमन्त्री विक्रमसिंह धामीले ल्याएकै आकारमा नयाँ बजेट प्रस्तुत गरेका छन्।

बजेटमा सडक निर्माणका लागि ६ अर्ब ४५ करोड रुपैयाँ विनियोजन गरिएको छ। कञ्चनपुरको दैजी–छेलास्थित औद्योगिक क्षेत्रका लागि २ करोड, प्राङ्गारिक मल उद्योग सञ्चालनका लागि ३ करोड ८० लाख र प्रदेश राजधानीको गुरुयोजना निर्माणका लागि १ करोड रुपैयाँ छुट्याइएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २५ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 25 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार