१५ असोज २०८३ English
English

बझाङको सुर्मामा जिप दुर्घटना, चालकको मृत्यु, दुई जना घाइते

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बझाङको सुर्मामा जिप दुर्घटना, चालकको मृत्यु, दुई जना घाइते
तस्बिर: नेपाल प्रेस

बझाङको सुर्मा गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्।

सुर्मा गाउँपालिका–४ दौतडाबाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको जिप चैनपुर–दौलीचौर भित्री सडकखण्डअन्तर्गत सुर्मा गाउँपालिका–२ दोगडीमा बिहान दुर्घटनाग्रस्त भएको हो।

दुर्घटनामा मृत्यु हुनेमा जिप चालक सुर्मा गाउँपालिका–४ का २७ वर्षीय कुन्दन बोहरा रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको थियो।

जिपमा सवार अन्य दुई जना घाइते भएका छन्। घटनाबारे प्रहरीले विवरण सार्वजनिक गरेको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १५ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 15 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार