मधेसमा दुई महिनामा विपद्का ४५९ घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम। मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन्। ती घटनामा परी ९२ जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी परिवार प्रभावित भएका छन्।
उक्त अवधिमा आगलागी, बाढी, चट्याङ, करेन्ट, पानीमा डुब्ने, जंगली जनावरको आक्रमण र डुबानलगायतका विपद्का घटना भएका छन्। मृत्यु हुनेमध्ये धेरै करेन्ट लागेर भएको उल्लेख छ।
विपद्का कारण मानवीय क्षतिसँगै घर, पशुचौपाया तथा अन्य भौतिक संरचनामा पनि क्षति पुगेको छ। मधेस प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार विपद्का ४५९ घटनाबाट दुई करोड ९२ लाख ४७ हजार ५५५ रुपैयाँ बराबरको भौतिक क्षति भएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


