१९ असोज २०८३ English
English

संकटमा पनि न्याय सम्पादन निरन्तर राख्न बलियो डिजिटल पूर्वाधार आवश्यक : प्रधानन्यायाधीश शर्मा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
संकटमा पनि न्याय सम्पादन निरन्तर राख्न बलियो डिजिटल पूर्वाधार आवश्यक : प्रधानन्यायाधीश शर्मा
तस्बिर: रातोपाटी

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले संकटको समयमा समेत न्यायपालिकाको कार्यसम्पादन निरन्तर राख्न बलियो डिजिटल पूर्वाधार अपरिहार्य रहेको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित इन्टरनेट गभर्नेन्ससम्बन्धी क्षेत्रीय मञ्चलाई सम्बोधन गर्दै उनले सूचना प्रविधिमा आधारित आधुनिक न्याय प्रणालीलाई थप सुरक्षित, विश्वसनीय र समावेशी बनाउनुपर्नेमा जोड दिए।

डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्य रहेको प्रधानन्यायाधीश शर्माको भनाइ थियो। संकटका बेला न्याय सम्पादन रोकिन नदिन डिजिटल पूर्वाधार बलियो हुनुपर्ने उनले बताए।

इन्टरनेट गभर्नेन्सका विषयमा केन्द्रित उक्त क्षेत्रीय मञ्च काठमाडौंमा आयोजना गरिएको हो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १९ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 19 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार