१६ असोज २०८३ English
English

बाढीपहिरोले रसुवा, मनाङ, म्याग्दी, हुम्ला र ललितपुरका सडकखण्ड अवरुद्ध

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बाढीपहिरोले रसुवा, मनाङ, म्याग्दी, हुम्ला र ललितपुरका सडकखण्ड अवरुद्ध
तस्बिर: रातोपाटी

बाढी, पहिरो तथा सडक कटानका कारण देशका विभिन्न स्थानमा राजमार्ग र सडकखण्ड अवरुद्ध भएका छन्। बागमती र गण्डकी प्रदेशका नौ स्थानमा सडकखण्ड अवरुद्ध भएको जनाइएको छ।

प्रहरीका अनुसार रसुवा, मनाङ, म्याग्दी, हुम्ला र ललितपुरका विभिन्न सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन्। केही सडकखण्डमा भने वैकल्पिक मार्गबाट आवतजावत भइरहेको प्रहरीले जनाएको छ।

काठमाडौँ उपत्यका जोड्ने कान्तिलोकपथअन्तर्गत ललितपुरको बागमती गाउँपालिका–३ टाकुर्चेमा पहिरो खसेर सडक अवरुद्ध भएको छ।

पछिल्ला दिनमा परेको वर्षापछि आएको बाढीपहिरोका कारण विभिन्न जिल्लामा सडक यातायात प्रभावित भएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १६ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 16 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार