१४ असोज २०८३ English
English

राष्ट्रसङ्घ महासभाबाट स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल, प्रधानमन्त्रीको सम्बोधन ऐतिहासिक भएको बताए

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
राष्ट्रसङ्घ महासभाबाट स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल, प्रधानमन्त्रीको सम्बोधन ऐतिहासिक भएको बताए
तस्बिर: अनलाइनखबर

परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा र सो अवसरमा आयोजित विभिन्न उच्चस्तरीय कार्यक्रममा सहभागी भई असोज १४ गते बुधबार स्वदेश फर्किएका छन्। उनी अमेरिकाको न्युयोर्कबाट कतारको दोहा हुँदै काठमाडौँ आइपुगेका हुन्।

स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै परराष्ट्रमन्त्री खनालले महासभामा प्रधानमन्त्रीको सम्बोधन धेरै दृष्टिकोणबाट ऐतिहासिक रहेको बताए। नेपालमा पछिल्लो राजनीतिक परिवर्तनपछि बनेका प्रधानमन्त्रीको सम्बोधनप्रति अन्तर्राष्ट्रिय स्तरमा ठूलो प्रतीक्षा रहेको र उक्त सम्बोधन सबैभन्दा बढी हेरिएको उनको भनाइ थियो। उनका अनुसार विश्व समुदायले सम्बोधनको प्रशंसा गरेको छ।

मन्त्री खनालले जलवायु परिवर्तनका कारण निम्तिने विपद्पछिको पुनर्निर्माणका लागि ऋण मात्र लिनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुनुपर्नेमा महासभामा जोड दिएको बताए।

उनले भोटेकोशी बाढीपछिको पुनर्निर्माणमा सहयोग गर्नेतर्फ विभिन्न राष्ट्र तथा निकायको रुचि पाएको उल्लेख गरे। नेपालले भोगिरहेको जलवायु सङ्कटप्रति विश्व समुदाय गम्भीर रहेको पनि उनले बताए।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १४ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 14 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार